सरकार र उखु किसानबीच भयो यस्तो पाँचबुँदे सहमति, आन्दोलन स्थगित

Machchapuchchre

काठमाडौँ । सरकार र आन्दोलनरत उखु किसानबीच ५ बुँदे सहमति भएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंमा आन्दोलन गरिररहेका उखु किसानहरुलाई माघ ७ गतेभित्र सबै भुक्तानी दिने समझदारीमा सरकार र उखु किसानले हस्ताक्षर गरेका छन् ।

शुक्रबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा भएको वार्तामा ५ बुँदे समझदारी भएपछि किसानहरु आन्दोलन स्थगित गर्न सहमत भएका छन्। समझदारीको अन्तिम बुँदामा काठमाडौंमा ध्यानाकर्षण गतिविधिहरु आजैबाट स्थगित गर्ने भनिएको छ।

समझदारीमा संघर्ष समितका सचिव हरिश्याम राय र मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले हस्ताक्षर गरेका छन्। किसान राजेश यादवले मन्त्रीको आश्वासनपछि आन्दोलन स्थगित गरेको बताए । ‘७ गतेसम्म पैसा पाइएन भने ८ गतेदेखि हामी धर्नामा बस्छौै,’ यादवले भने ।

समझदारीमा उखु किसानका समस्या तथा उखु खरिद र भुक्तानी दिने प्रणालीलाई स्वचालित बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला, चिनी उद्योगी, किसान र विज्ञ रहेको कार्यदल बनाउने पनि उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्