कास्कीमा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा !

Machchapuchchre

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्नपूर्ण – ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तमु ल्होसारको अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरका हुन् ।

समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता – मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद– राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको उवस्थिती रहेको थियो ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैँ आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरु पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्