कांग्रेस–समाजवादीबीच राष्ट्रिय सभा उम्मेद्वारीका लागि सहमति

Machchapuchchre

काठमाडौँ । आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएकाे छ ।

शुक्रबार भएकाे सहमति अनुसार प्रदेश–२ मा हुने ४ पदको निर्वाचनका लागि कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको छ ।

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सरकारको विपक्षमा रहेका सबै दलहरुसँग तालमेलको ढोका खोल्ने गरी बिहीबारको कांग्रेस केन्द्रीय समितिबिहीबारको कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको हो।

हालैमात्र राष्ट्रिय जनता पार्टीसँग राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा गठबन्धन गर्ने र राष्ट्रिय राजनीतिमा दीर्घकालीन सहयात्रा गर्ने भन्दै सत्तारुढ नेकपाले सम्झौता गरेको थियो। त्यसलगत्तै समाजवादी सरकारबाट बाहिरिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्