बैंकहरुमा ‘गो एएमएल’ माघ-१ देखी लागुहुदै ; के हो त ‘गो एएमएल’?

Machchapuchchre

अर्थ राजनीति – नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई आउदो माघ १ गतेबाट अनिवार्य रुपमा ‘गो-एएमएल’ मा जान निर्देशन जारि गरेको छ। नेपाल राष्ट्र बैंकले गो-एएमएल सिस्टम सुरु गर्न आदेश दिएको हो । नेपालमा  वाणिज्य बैंकहरुले एएमएल सुरु गर्न ढीलाई गरेको हुनाले नेपाल राष्ट्र बैंकले मिति नै तोकेर सम्पति शुद्धिकरण निवारणमा जान आदेश दिएको हो । यो सिस्टम सुरु भए पछी बैंकमा चेक जम्मा गर्न जाने व्यक्ति संग पनि बैंकले सबै विवरण माग गर्न सक्नेछ । हालसम्म नेपाल रास्ट्र बैंकले १० लाख रुपैयाभन्दा माथिको कारोबारको मात्र विवरण माग्ने गर्दथ्यो ।

बैंकहरु गो एमएलमा गएपछि १० लाख भन्दा बढी रकम दिनभरमा छुटाछुटै शाखा र समयबाट डिपोजिट गरेको छ भने पनि पत्ता लगाउन र देख्न सकिन्छ । बैंकहरुको सबै कारोबारको विवरण बैंकको कोर बैंकिंग सिस्टम हुदै गो-एमएलमा गई बस्छ | यो सिस्टममा जानको लागि बैंकहरुले चेक जम्मा गर्न आउने व्यक्तिको नाम, ढेगाना, सम्पर्क नम्बर देखि अन्य बाकि विवरण पनि भर्नु पर्ने गराइएको छ । बैंकहरुले अब माघ १ गतेबाट नयाँ फारम बनाउदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नु पर्ने हुन्छ । नेपाल रास्ट्र बैंकले यो भन्दा अघिनै सबै बैंकहरुलाई यो सिस्टममा आबद्द भएर काम गर्न परि पत्र जारि गरेको थियो तर बैंकहरुले यो कुरालाई वेवास्ता गरे पछी नेपाल रास्ट्र बैंकले मितिनै तोकेर पत्र जारि गरेको हो ।

 

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्