लिटरमा १० रूपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडाैं । सरकारले पेट्रोल, डिजेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो। अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको को मूल्य प्रतिलिटर ८५ रुपैयाँ पर्नेछ। त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ। […]

राहत बाँड्ने विषयलाई लिएर वीरगन्ज २ समुहबीच झडप, १२ जना घाइते

वीरगन्ज । लकडाउनमा विपन्न परिवारलाई राहत वितरणका लागि लगत संकलन गर्ने क्रममा वीरगन्ज महानगरपालिका १९ विन्दवासनीमा दुई समूहबीच झडप हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको टाउको फुटेको छ , हात भाँचिएको छ । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । लकडाउनको समयमा आपत्‌मा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन महानगरपालिकाले वडालाई एक लाख […]

भक्तपुरका ६२ इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्किए

भक्तपुर । भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्काइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै भक्तपुरका इँटाभट्टामा हजारौँ मजदूर काममा भन्ने समाचार गत १३ गते राससले सम्प्रेषण गरेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ताकेतामा इँटा व्यवसायीले कामदारलाई घर फर्काएका हुन् । कोभिड–१९ को सङ्क्रमण नेपालमा […]

कोरोनाको रोकथाम र उपचारका लागि डेढ अर्ब निकासा

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी दिए […]

स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १ लाख नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा सात हजार ७१० नयाँ संक्रमित भेटिएका हुन् । यससँगै स्पेनमा समग्र संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६ पुगेको हो । मन्त्रालयको तथ्यांकअनुसार स्पेनमा पछिल्लो २४ घण्टामा […]

विराटनगरमा अस्पताल डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु, १०२ डिग्री ज्वरो देखिएपछि तर्किए अस्पताल

विराटनगर । विराटनगरमा अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् । अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ भण्टामै अस्पतालले […]

लकडाउनका बेला स्वदेश फर्किने क्रममा भारतमा १ नेपालीको मृत्यु

दार्चुला । भारतीय राज्य उत्तराखण्डको मदकोटमा एक जना नेपालीको पुलबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–२ ठूलथला घर भएका ४२ वर्षीय अगबगरसिंह ठगुन्ना छन् । दैनिक मजदुरीका लागि भारत गएका ठगुन्ना आफ्ना अन्य सहकर्मीसँगै घर फर्किन लागेका थिए । तर, मंगलबार मदकोटमा रहेको झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु आफन्त प्रमानन्द ठगुन्नाले […]

देशभरका अस्पतालमा ८७ जना आइसोलेसनमा, एक हजार ६० वटा नमूना परीक्षण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आशंकामा हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमणले नेपालमा पारेको असरबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन मार्फत हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरीएको बताए । हालसम्म भएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको […]

आजबाट काठमाडौंका यी ६ स्थानमा ग्यास वितरण हुँदै, यस्ताे छ तयारी

काठमाडौं । नेपाल ग्यास उद्योगले बुधबार(आज)देखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । कोरोना भाइरस संक्रमणकाे बेला ग्यास अभाव भएकाे गुनासाे आएपछि नेपाल ग्यास उद्योगले उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी थालेकाे हाे । उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको नेपाल […]

संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न – काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएको छ । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक सञ्जालमार्फत अनियमितालाई जानकारीमा लिनु अख्तियारको विशेष दायित्व भएको भन्दै कोरोना भाइरस संकटको नामा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका छन् । सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, अख्तियारलाई ‘स्मृति पत्र !’ संकटमा सरकारलाई साथ दिनु […]