भक्तपुरका ६२ इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्किए

Machchapuchchre

भक्तपुर । भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्काइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै भक्तपुरका इँटाभट्टामा हजारौँ मजदूर काममा भन्ने समाचार गत १३ गते राससले सम्प्रेषण गरेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ताकेतामा इँटा व्यवसायीले कामदारलाई घर फर्काएका हुन् ।

कोभिड–१९ को सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत २५ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनमा पनि इँटाभट्टामा कामदार रहँदा बजार जाने, दिनभरि पसल सञ्चालन हुने र सधैँ बाक्लो जमघट भएकाले कोरोनामा जोखिममा मजदूर रहेका थिए । भक्तपुरका प्रजिअ होमकला पाण्डेले मजदूर घर फर्कन चाहेपछि व्यवसायीले उनीहरुलाई घर फर्काउने व्यवस्था गरेको जानकारी दिए ।

उनले घरजान चाहने मजदूरका लागि ५२ वटा सवारी पास जारी गरेको र त्यही सवारी साधनमा व्यवसायीले उनीहरुलाई घर फर्काएको जानकारी दिए । बाँकी केही मजदूरलाई पनि व्यवसायीले केही दिनमा फर्काउने जानकारी दिए । भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्याम्बाले विगत १३ दिनदेखि काचो इँटा बनाउने काम बन्द गरेको जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्