घरमै क्वारेन्टाइन बसेका बेला के खाने, के नखाने ? यस्ताे आयाे डब्ल्युएचओको सुझाव

Machchapuchchre

कोरोना भाइरसबाट बच्नका लागि हिजोआज संसारभरीका मानिसहरुले स्वयंलाई क्वारेन्टाइनमा राखेका छन् । यस्तो अवस्थामा यदि तपाईंले आफ्नो पौष्टिक आहारमा परिर्वतन गर्नु भएन भने विभिन्न समस्याहरुको सामना गर्नु पर्ने हुन सक्छ ।

यो कुरालाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले हालै मात्र नयाँ निर्देशिका जारी गरेको छ, जसका आधारमा घर भित्र रहेर पनि आफुलाई स्वस्थ र फिट राख्न सकिनेछ । यसका साथै यी पौष्टिक आहार सम्बन्धि जानकारीले रोग प्रतिरोधक क्षमता बलियो हुन्छ । त्यसैले क्वारेन्टाइनमा के–के खाने र कुन– कुन कुराबाट बच्ने भन्ने बारेमा केही जानकारी :

विश्व स्वास्थ्य संगठनद्वारा जारी गरिएको खाना तथा पोषण निर्देशिकामा उल्लेख गरिएका कुराहरु यस प्रकार छन् :

खानपिन कस्तो हुनु पर्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार क्वारेन्टाइनको क्रममा प्याकेटमा बन्द, डिब्बा बन्द खानेकुरा, नून तथा चीनीको सेवन कम मात्रामा गर्नु पर्छ । घरमा बनेका स्वस्थ र पौष्टिक भोजन खानु पर्छ । यसका साथै धेरै चिया अथवा कफिको सेवन गर्नु हुँदैन । धेरै चिया–कफी पिउनाले पेट सम्बन्धि समयस्याहरुको सामना गर्न पर्ने हुन सक्छ ।

पहिला के खाने ?

आफ्नो पौष्टिक आहारमा धेरै भन्दा धेरै फाइबरयुक्त खानेकुराहरु जस्तै तरकारी, फलफुल, दाल, गेडागुडि, ओट्स, ब्राउन पास्ता, ब्राउन राइस आदि खानेकुरा समावेश गर्नु पर्छ । यसले पाचन क्रिया राम्रो हुन्छ भने एसिडिटी, कब्जियत र अन्य समस्याहरुको सामना गर्नु पर्दैन ।

क्वारेन्टाइनको क्रममा शरीरलाई हाइड्रेट राख्नका लागि दिनभरीमा कम्तिमा पनि ८–९ गिलास पानी पिउनु पर्छ । यसका साथै दिनमा दुई पटक ग्रीन टी, एक गिलास कागती पानी पिउनु पर्छ । एक गिलास जूस अथवा एक गिलास दुध सेवन गर्नु पर्छ ।

पानीमा अमिलो फलहरु, काँक्रो अथवा जडिबुटि, पुदिना, बेरीज, रोजमेरी आदिलाई मिसाएर पिउन सकिन्छ ।

विश्व स्वास्थ संगठनका अनुसार क्वारेन्टाइनको क्रममा मदिरा सेवन गर्नु हुँदैन । यसो गर्दा कोरोनाको खतरा झन् बढ्छ ।

आफ्नो पौष्टिक आहारमा त्यस्ता खानाहरु अत्याधिक सेवन गर्नु पर्छ, जसमा भिटामिन सी र डी अत्यधिक मात्रामा हुन्छ । यसले तपाईंको रोग प्रतिरोधक क्षमता बलियो बनाउँछ । खानापछि सख्खर र सुप सेवन गर्नु पर्छ । यसले खाना पचाउन सजिलो हुन्छ ।

कुन कुन कुराहरुबाट बच्नु पर्छ ?

रिफाइन्ड अन्नहरु जस्तै–मैदा, सेतो पास्ता, सेतो चामल र पाउरोटी आदिको सेवन गर्नु हुँदैन ।

कफी, चिया र क्याफिनेटेड सफ्ट ड्रिङ्क्स, एनर्जी ड्रिङ्क्स, कोल्ड ड्रिङ्क्स अथवा चिनी भएको पेय पदार्थबाट बच्नु पर्छ ।

नुनको अत्याधिक सेवन गर्नु हुँदैन । विश्व स्वास्थ संगठनका अनुसार एक दिनमा ५ ग्राम भन्दा कम नुन सेवन गर्नु पर्छ ।

दिनभरीमा चीनीको सेवन पनि कम गर्नु पर्छ । तपाईले दिनभरीमा ६ चम्चासम्म चीनीको सेवन गर्न सक्नु हुन्छ ।

यदि तपाईंलाई गुलियो खान मन लाग्यो भने गुलिया फलफुल, डेजर्ट अथवा सख्खरको सेवन गर्न सक्नु हुन्छ ।

चिल्लो खानेकुरा पनि धेरै खानु हुँदैन ।

रातो अथवा बोसो धेरै भएको मासु, बटर, धेरै चिल्लो भएको दुध अथवा डेयरी उत्पादनहरु, तेल, नरिवलको तेलको सेवन कम गर्नु पर्छ ।

खाना बनाउने सही तरीका

यसको लागि खाना बनाउने समयमा त्यस्तो विधिको प्रयोग गर्नु पर्छ, जसमा कम मात्रामा चिल्लोको प्रयोग होस् ।

—खानालाई बाफले पकाउनु पर्छ ।

—आगोमा ग्रिल गरेर पकाउनु पर्छ ।

—खानेकुरालाई डीप फ्राई गर्नु भन्दा कम तेलमा तार्नु पर्छ ।

—खाना बनाउनका लागि अलिभ अयल,सनफ्लावर अयल प्रयोग गर्नु पर्छ ।

खाना बनाउँदा थाहा हुन पर्ने सुरक्षित जानकारीहरु

—खाना बनाउनु अगाडि हातलाई राम्रोसंग धुनु पर्छ ।

—खाना बनाउने भाडा र भान्छालाई दिनहु सफा गर्नु पर्छ ।

—फ्रिजमा मासु, काँचो खानेकुरा र पाकेको खानेकुरालाई भिन्दा–भिन्दै राख्नु पर्छ ।

—दाल–तरकारीलाई पकाउनु अगाडि राम्ररी सफा गर्नु पर्छ ।

—फ्रोजन खानेकुरा र पाकेको खानेकुरालाई ५डिग्री सेल्सियस तल राख्नु पर्छ कि भने ६० डिग्री सेल्सियस भन्दा माथी राख्नु पर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्