नेपाली सेनाले पायाे स्वास्थ्य सामाग्री ‘जी टू जी’बाट ल्याउने जिम्मा

काठमाडौँ . बुधबार ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध गरेको सरकारले अब जी टू जी (सरकारबाट सरकारले)बाट सामाग्री खरिद गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता रद्ध गरेको र सामान किन्नका लागि बिहीबार नै पुन: प्रक्रिया अघि बढाउने बताएका थिए । तर, बिहीबार विभागले कुनै प्रक्रिया अघि […]

सर्वोच्चद्वारा सीमामा अलपत्र परेका नेपालीबारे अन्तरिम आदेश जारी गर्न ‘अस्वीकार’

काठमाडौं । सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनका कारण नेपाल भारत सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइनुपर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश जारी गर्न ‘अस्वीकार’ गरेको छ । अधिवक्ता मनिष श्रेष्ठ, रामदत्त ओझा, मणिराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै सर्वोच्चले […]

केही दिनभित्रै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने डब्लूएचओकाे चेतावनी

काठमाडौं । सारा विश्व नै प्राणघातक कोरोनासँग जुधिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखले अब आउने केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने चेतावनी दिएको छ । डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि जनाएको छ। जोन्स हप्किन्स विश्वविद्यलायको तथ्याङ्क अनुसार […]

सातवटै प्रदेशबाट कोरोनाको परीक्षण शुरु गरिँदै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोविड–१९) को नमूना परीक्षण सातै प्रदेशबाट गर्ने तयारी आजदेखि थालेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि र गण्डकी प्रदेशको पोखरामा मङ्गलबारदेखि सो भाइरसको नमूना परीक्षण सेवा शुरु भइसकेको […]

राष्ट्रपति भण्डारीद्वारा अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिम र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् । राष्ट्रपति भण्डारीले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई टेलिफोन गरेर त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो राखेकी हुन् । राष्ट्रपति भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीलाई […]

प्रधानमन्त्री नै कोरोनाभाइरस संक्रमित भएपछि चीनसँग क्रुद्ध बन्यो बेलायत

बेलायत । बेलायत कोरोनाभाइरविरुद्ध लड्ने चीनको तरिकालाई लिएर क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन नै कोरोना संक्रमित बनेपछि चीनविरुद्ध बेलायत क्रुद्ध बनेको हो । एक बेलायती अधिकारीले भनेका छ कि कोभिड–१९ को संकट समाप्त भएपछि बेइजिंगसँग “हिसाब” लिइने छ । बेलायतका सरकारी अधिकारीहरूले चीनले उसको सीमाभित्र फैलिएको कोरोनाभाइरसको प्रकोपको गम्भीरताबारे तथ्यहरु लुकाएको भन्दै […]

सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिनु अमानवीय कार्य – नेकपाका प्रवक्ता श्रेष्ठ

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिनु अमानवीय भएको बताएका छन्। उनले नेपालभित्र प्रवेश गरिसकेका नेपालीलाई सीमानामा अलपत्र रूपमा खुला बारीमा राखिएको खबर ज्यादै अमानवीय, गैरजिम्मेवार र दु:खद भएको उल्लेख गरेका हुन्। बिहीबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सीमानामा अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश नचाहिने उल्लेख […]

संकटका बेला अमेरिकी नागरिकको उद्धारमा सहयोग गरेको भन्दै राजदूत बेरीले गरे सरकारको प्रशंसा

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्‍डी बेरीले नेपाल सरकारको प्रशंसा गरेका छन् । संकटको समयमा पनि अमेरिकी नागरिकको उद्धारमा सहयोग गरेको भन्दै बेरीले नेपाल सरकारलाई धन्यवाद दिदै प्रशंसा गरेका हुन् । तीन सय दुई जना अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गरेपछि उनले एक भिडियो सन्देश जारी गर्दै नेपाली जनताले आतिथ्य सत्कारको असाधारण दृष्टान्त प्रदर्शन गरेको […]

सामाजिक सञ्जालमा बाबुराम भट्टराईकाे प्रश्न – सरकार डिप्रेसनमा गएको हो ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेका कामलाई लिएर कडा व्यंग्य गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा के पूरै सरकार डिप्रेसनमा गएको हो ? भन्दै प्रश्न गरेका छन् । भट्टराईले ट्वीट गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री […]

लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न फिलिपिन्सका राष्ट्रपतिको आदेश

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् । मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्,’ उनले बुधबार अबेर राती प्रसारित […]