नेपाली सेनाले पायाे स्वास्थ्य सामाग्री ‘जी टू जी’बाट ल्याउने जिम्मा

Machchapuchchre

काठमाडौँ . बुधबार ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध गरेको सरकारले अब जी टू जी (सरकारबाट सरकारले)बाट सामाग्री खरिद गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता रद्ध गरेको र सामान किन्नका लागि बिहीबार नै पुन: प्रक्रिया अघि बढाउने बताएका थिए । तर, बिहीबार विभागले कुनै प्रक्रिया अघि बढाएन ।

‘जी टू जीबाट सामान ल्याउने र यसको जिम्मा सेनालाई दिने भन्ने कुरा आएकाले हामीले प्रक्रिया अघि बढाएनौं,’ विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने, ‘हिजो रद्द गरेपछि आज पुन: नयाँ सूचना निकाल्न लागेका थियौं । तर, अब सबै सामान सेनाले नै खरिद गर्ने भन्ने जानकारी पाएपछि सूचना निकालेनाैं ।’

उनले अबको बाँकी खरिद सेनाले गर्ने भन्ने जानकारी आफूले बिहीबार बिहानमात्रै पाएकाे स्पष्ट पारे । ‘मलाई पनि धेरै थाह छैन । सेनाले खरिद गर्ने भएको छ भनेपछि हामीले सेनासँग के के सामान चाहिन्छ भनेर छलफल अगाडि बढाएका छौं ।’

यसका लागि बिहीबार नै उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोकत्वको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने स्रोतको भनाइ छ । ओम्नी समूहले समयमै सामाग्री दिन नसकेको र ल्याएका सामान पनि गुणस्तरीय नभएको भन्दै विभागले बुधबार सम्झौता तोडेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्