राष्ट्रपति भण्डारीद्वारा अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त

Machchapuchchre

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिम र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् ।

राष्ट्रपति भण्डारीले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई टेलिफोन गरेर त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो राखेकी हुन् । राष्ट्रपति भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीलाई सुरक्षित रुपमा बस्न समेत आग्रह गरेकी छन् ।

अस्ट्रेलियामा करिब ९० हजारको संख्यामा नेपाली मूलका बासिन्दा छन् । यस्तै, ५० हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेका बताइन्छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट अस्ट्रेलियामा ९ जना नेपाली संक्रमित छन् । जसमध्ये ४ जना निको भइसकेका बताइएको छ भने अन्य ५ जना पनि चिकित्सिकको निगरानीमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्