संकटका बेला अमेरिकी नागरिकको उद्धारमा सहयोग गरेको भन्दै राजदूत बेरीले गरे सरकारको प्रशंसा

Machchapuchchre

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्‍डी बेरीले नेपाल सरकारको प्रशंसा गरेका छन् । संकटको समयमा पनि अमेरिकी नागरिकको उद्धारमा सहयोग गरेको भन्दै बेरीले नेपाल सरकारलाई धन्यवाद दिदै प्रशंसा गरेका हुन् ।

तीन सय दुई जना अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गरेपछि उनले एक भिडियो सन्देश जारी गर्दै नेपाली जनताले आतिथ्य सत्कारको असाधारण दृष्टान्त प्रदर्शन गरेको भन्दै उच्च प्रशंसा गरेक छन् ।

राजदूत बेरीले पर्यटक अलपत्र पर्दा नि:शुल्क खानाको व्यवस्थापन गर्ने व्यवसायी, पर्यटक सकुशल काठमाडौं नफर्काएसम्म साथ नछाडेका सहयोगी गाइडलाई पनि धन्यवाद दिएका छन् ।

नेपालसँगको ७० वर्षको साझेदारीको यसअघिको दृष्टान्तझैं यस पटक पनि आफूहरु सहकार्यमार्फत् सफल भएको राजदूत बेरीले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्