विराटनगरमा अस्पताल डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु, १०२ डिग्री ज्वरो देखिएपछि तर्किए अस्पताल

Machchapuchchre

विराटनगर । विराटनगरमा अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् ।

अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ भण्टामै अस्पतालले मृत घोषणा ग¥यो ।

मंगलबार विहान करिब ६ बजे बेहोस भएकी गुरुङलाई आफन्तले एम्बुलेन्स खोजेर धनकुटाको क्लिनिक हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याएका थिए । विहान नौ बजेतिर भर्ना गरिएकी उनलाई आईसीयूमा राख्नुपर्ने र आफ्नोमा नभएको भन्दै प्रतिष्ठानले विराटनगरको न्यूरो अस्पताल रेफर गर्‍यो ।

न्यूरोको इमरेजन्सीमा केहीबेर राखेर चिकित्सकले रेफर पुर्जी हेर्दै विराट नर्सिङ होम रेफर गरेका थिए । विराटले पनि रेफर पूर्जी हेर्दै नोबल मेडिकल कलेजमा पठायो । विहान बेहोस भएकी र दिनभर अस्पताल चहारेकी ५२ वर्षकी नरदेवीको शरीरमा १०२ डिग्री ज्वरो मापन गरिएको थियो । ज्वरोका कारण अस्पताल उपचार गर्न तर्किए ।

दिनभरि पाएको दुःख सुनाएपछि नोबल मेडिकल कलेजले भर्ना लियो । ‘घोपाको देखाएको कागज हेर्दै दुई अस्पतालले फिर्ता पठाए’ छोरी लक्ष्मीले भनिन् ‘नोबेलमा भर्ना गर्दा ढिलो भइसकेको थियो ।’ समयमा नै उपचार नपाउँदा आमा गुमाउनुपरेको लक्ष्मीको गुनासो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्