एकाबिहानै कोरोना संक्रमित १२ जना थपिए

अर्थ राजनीति ~ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार बिहान १२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।   प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितहरु ११ जना पुरुष र एक जना महिला रहेका छन् । संक्रमितहरु वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका बासिन्दा हुँन् । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ ।

अर्थतन्त्रकाे रक्षा र रोग तथा भोकबाट जोगाउन सरकार कटिबद् : प्रधानमन्त्री

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कका अन्य राष्ट्रमा भन्दा नेपालमा कोरोना भाइरसले त्यति सङ्क्रमण नपु-याएको बताउनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै उहाँले एउटा प्रयोगशालाबाट शुरु गरिएको परीक्षण देशभर करिब दुई दर्जनजति पुग्न लागेको बताउनुभयो । सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भइरहेको छ । नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्नु हुँदै तीनै तहको सरकारले […]

कोरोनाले मृत्यु हुनेको संख्या ४ पुग्यो, थप ६ जनामा संक्रमण

अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि मृतकको संख्या ४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती व्यक्ति टीबीको आशंकामा जेठ २ गते अस्पताल भर्ना भएका थिए । शंकास्पद देखिएर […]

आइतबार १९ जना थपिए, कुल संख्या ६०३ पुग्यो

अर्थ राजनीति ~ पछिल्लाे कोरोना परीक्षणमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । त्यसैगरी, थप सात जना निकाे भएका छन् । आइसाेलेसनमा ५१३ जना बसेकाे उहाँले जानकारी दिनुभयाे । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, […]

नेपालमा कोरोंनाले डेरा जमाएको आज चार महिना पुरा ! के के भयोत बिगत ४ महिनामा ?

अर्थ राजनीति ~ पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ५४८ पुगेको छ । पछिल्लाे पटक सङ्क्रमण पुष्टि भएकामा कपिलवस्तुमा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडाैँमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक […]

थपिए ९ संक्रमित, भक्तपुरमा थप एक सहित कुल संख्या ५१६ पुग्यो

अर्थ राजनीति ~ शुक्रबार साँझ ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै यो संख्या बढेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुरकी ५४ वर्षकी महिला, भक्तपुरकी ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षका पुरुष र बारामा २२, २७, ३०, ३४, ३८, ४५ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा अहिलेसम्म तीन जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका […]

नेपाल भारत सीमा बिबाद; समाधानका उपाय के ?

अर्थ राजनीति ~ नेपाल–भारत सम्बन्धमा कालापानी क्षेत्रको विवाद यस्तो गाँठो हो, जसलाई नफुकाई भविष्यमा द्विपक्षीय सम्बन्ध सौहार्द बन्न सक्दैन ।  यो सीमा विवाद त्यतिवेला मात्र साम्य हुन्छ, जतिवेला दुवै देशका सरकार उपलब्ध तथ्य र प्रमाणमा आधारित भएर खुला छलफलका लागि वार्तामा बस्न राजी हुन्छन् । यस्तो छलफलका लागि नेपालले पहलकदमी लिनुपर्ने उपयुक्त वेला आएको छ […]

नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो, विश्वभरमा ५१ लाख ९७ हजार बढी, ३ लाख ३४ हजारको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु भएको छ । आज बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ […]

नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण, कुल संक्रमितको संख्या ४५७ पुग्यो

 अर्थ राजनीति ~ नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको हो। बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा र कपिलवस्तु सद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४ सय ५३ पुग्यो

अर्थ राजनीति ~ बिहीबार झापा र रुपन्देहीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । झापामा ८ जना र रुपन्देही १ जना गरि थप ९ जना कोरोना संक्रमित भएको  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको […]