थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४ सय ५३ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~ बिहीबार झापा र रुपन्देहीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

झापामा ८ जना र रुपन्देही १ जना गरि थप ९ जना कोरोना संक्रमित भएको  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३  पुगेको छ।

बिहीबार काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । निको हुनेको संख्या ४९ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्