उपत्यकाका सम्पूर्ण नाका पूर्णरुपमा सील गर्न गृहको निर्देशन (बिज्ञप्ति सहित)

Machchapuchchre

अर्थ राजनीति ~ काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सील गर्न गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ । कोरोना भाइरस कोभिड १९ को जोखिम बढीरहँदा सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौं उपत्यका प्रवेश गर्नेको सँख्या पनि दिनहुँ बढीरहेको पाइएको भन्दै गृहले सबै स्थानीय तहलाई काठमाडौं प्रवेशमा कडाइ गर्न परिपत्र गरेको हो ।

जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय कार्यान्वयन गराउन सबै स्थानीय तहहरुलाई निर्देशन दिइएको छ । काठमाडौं उपत्यका नाका भएका नगरपालिकाका नगरप्रमुखलगायत काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थितिमा बैठक बसेको थियो ।

स्थानीय तहहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका प्रवेश निषेध र आगमनको श्रोतमै रोक्न भनिएको छ । गृहले पठाएको परिपत्रमा काठमाडौं उपत्यका प्रवेशह गर्ने नाका पूर्ण रुपमा सील गर्न र लुकीछिपी हुने प्रवेश पूर्णरुपमा रोक्न निर्देशन दिइएको छ ।

यस्तै पत्रमा भनिएको छ, नाका प्रवेशका स्थानीय तहहरुलगायत काठमाडौं उपत्यकाका सबै स्थानीय तहले स्थानीय प्रशासनसाग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटेल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टिनमा बस्ने व्यक्ति स्वयंले क्वारेन्टिन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टिन प्रयोजनका लागि लगत संकलन र अन्य व्यवस्थापनको कार्य अगाडी बढाउने ।’

काठमाडौं उपत्यका प्रवेश गनै परे आरडिटी परीक्षणको प्रमाणसाथ अनुमति माग गर्न सुझाव दिइएको छ । ‘काठमाडौं उपत्यकामा अत्यावश्यक कामका लागि प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश गर्नुपूर्व नै स्वयंले आफ्नो खर्चमा अपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सो को रिपोर्टसाथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने’ पत्रमा भनिएको छ ।

साथै उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधन प्रवेश विन्दुमा पुग्नु पूर्व नै विशेष निगरानी साथ रोक्ने र आवागमनमा कडाइ गर्न निर्देशन दिईएको छ ।

यस्तै काठाडौँ उपत्यकास्थित स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारवाही प्रक्रिया सुरु तथा सबै सुरक्षा निकायलाई उपत्यका प्रवेश नाकाको चेकचाँच र निगरानीमा थप कडाई गर्नुका साथै स्थानीय तहसँग समन्वय गर्नेसमेत भनिएको छ ।

जेठ १ गते बसेको बैठकामा उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गरेका थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्