कोरोनाका कारण नेपालमा अर्का व्यक्तिको मृत्यु, बचाउन अनेकौं प्रयास गरेपनि बचाउन नसकिएको (बिज्ञप्ति सहित)

अर्थ राजनीति ~ गुल्मीका पहिलो कोरोना संक्रमितको मृत्यु प्रति प्रदेश नम्बर ५ सरकारले दुःख व्यक्त गरेको छ ।

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनलाई बचाउन अनार्कौ प्रयास गरेपनि बचाउन नसकिएकोमा सरकार दुःखी भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

कंङ्गे देउराली आधारभूत विद्यालयका प्राधानाध्यापक समेत रहेका उनको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै प्रदेश सरकारले उनको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्