आइतबार १९ जना थपिए, कुल संख्या ६०३ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लाे कोरोना परीक्षणमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

त्यसैगरी, थप सात जना निकाे भएका छन् । आइसाेलेसनमा ५१३ जना बसेकाे उहाँले जानकारी दिनुभयाे । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलवस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा ४२ वटा जिल्लामा काेराेना सङ्क्रमण पुष्टि भएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्