नेपालमा कोरोंनाले डेरा जमाएको आज चार महिना पुरा ! के के भयोत बिगत ४ महिनामा ?

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ५४८ पुगेको छ । पछिल्लाे पटक सङ्क्रमण पुष्टि भएकामा कपिलवस्तुमा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडाैँमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष हुनुहुन्छ ।

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको चार महिना भएको छ ।  १० माघ २०७६ मा चीनको वुहानबाट ल्याइएका विद्यार्थीमा पहिलो संक्रमण फेला परेको थियो । यो चार महिनामा मुलुकमा तीन जना व्यक्तिले कोभिड १९ को संक्रमणका कारण ज्यान गुमाएका छन् । कोरोनाले मृत्युको मुखमा पुर्याएकोमा एक महिलासहित तीन जना हुन् । चार महिनाको यस अवधिमा ५ सय ४८ जनामा संक्रमणको पुष्टि भएको छ । सरकारले जम्मा साढे ४२ हजार व्यक्तिको पिसिआर परीक्षण गर्न सकेको छ । दुई महिनापछि २१ चैतमा नेपालमा पहिलो पटक स्थानीयबासीमा देखिएको कोरोना संक्रमण त्यसयता तीब्र गतिमा फैलँदो छ । कैलालीकी ३४ वर्षीया स्थानीय महिलामा उक्त संक्रमण देखिएको थियो । शुरुमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकामा मात्र देखिएको थियो । त्यसपछि बिस्तारै समाजमा फैलिन सुरु भएको हो । शुरुमा चीन, फ्रान्स, बेल्जियम, यूएई, कतारबाट आएकामा संक्रमण देखिएको भएपनि क्रमशः भारतबाट आएकाहरुमा बढी संक्रमण देखिन थाल्यो  र समुदायस्तरमा फैलन मद्दत पुग्यो । जेठ ३ मा कोराना संक्रमितको पहिलो मृत्यु भयो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा ९ की एक महिलाको श्वासप्रश्वास समस्या देखिएर धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको हो । कोरोना संक्रमणले भएको दोस्रो मृत्यु भने बाँकेका एक युवा थिए । उनलाई जेठ ३ गते रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो । ४ गते मृत्यु भएका उनी ३० गते भारतबाट नेपाल आएका नरैनापुर गाउँपालिकाका बासिन्दा थिए । तेस्रो व्यक्ति गुल्मीका ४१ वर्षीय पुरुष हुन् । उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो । उनी जण्डिसका गम्भीर विरामी थिए । गुल्मी मदाने गाउँपालिका ६ निवासी उनी गुल्मीमा एक आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्