कोरोनाले मृत्यु हुनेको संख्या ४ पुग्यो, थप ६ जनामा संक्रमण

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि मृतकको संख्या ४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती व्यक्ति टीबीको आशंकामा जेठ २ गते अस्पताल भर्ना भएका थिए । शंकास्पद देखिएर कोरोना जाँच गर्दा पोजेटिभ देखिएको छ । मृतकको सम्पर्कमा आएका सबै व्यक्तिको जेठ ५ गते नै कोरोना परीक्षण भइसकेको प्रवक्ता देवकोटाले बताए ।

सोमवार दिउँसो थप ६ जनामा नयाँ संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए । सेती अस्पतालमा अछामका १ पुरुष, भेरी अस्पतालमा बर्दियाका ३ जना, नारायणी अस्पतालमा २ जना र काठमाडौं घर भएका बारा कलैयाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्