नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो, विश्वभरमा ५१ लाख ९७ हजार बढी, ३ लाख ३४ हजारको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु भएको छ । आज बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ पुगेको हो । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ ।

तुलनात्मक रुपमा कम विकसित अफ्रिकी देशमा कोरोना संक्रमण कम देखिएको छ । अमेरिकामा ९६ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

४६ हजार भन्दा धेरै संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा अघिल्ला केही हप्ताको तुलनामा बढेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख ५ हजार २९४ कोरोना संक्रमित थपिएका छन् । केही हप्ता यता दैनिक थपिने संक्रमितको संख्या १ लाखभन्दा कम रहने गरेको थियो ।

तर पछिल्लो २४ घण्टामा यो संख्या अघिल्ला दिनहरुको तुलनामा बढेको हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्