यो हप्ता कोरोनाले नेपालमा किर्तिमान कायम गर्यो

अर्थ राजनीति ~  नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा बिगत ४ महिनामा जम्मा संक्रमितको आधाभन्दा बढी हो । गत हप्ता स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार ७९, मंगलबार ९०, बुधबार ११४, बिहीबार १५६, शुक्रबार १७० र शनिबार १८९ जनामा कोरोना पुष्टि भएको थियो । बुधबारदेखि […]

नेपालमा कोरोनाका कारण ७ जनाको मृत्यु, आज एकैदिन २०८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित १४२०

अर्थ राजनीति ~ दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो । गत […]

लकडाउन १२ दिन लम्बियो, आगामी जेठ ३२ गतेसम्म कायम

अर्थ राजनीति ~ सरकारले लकडाउन अर्थात् बन्दाबन्दी अरु १२ दिन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको हो । यसैगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले पछिल्लो पटक थपेको […]

आज लकडाउनको ६८औँ दिन, जन जीवन ठप्प, खुल्ने अत्तो पत्तो छैन..

अर्थ राजनीति ~ गत चैत ११ गतेदेखि लागू भएको लकडाउन आज ६८ दिन पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन जेठ २० गतेसम्मका लागि तोकिएको छ । लामो समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर पनि लकडाउनको पालना भएको पाइएको छ । शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा […]

नेपालमा पहिलो पटक एकैदिन यति धेरै संक्रमण: पछिल्लो २४ घन्टामा १५६ जना नयाँ संक्रमित थपिए

अर्थ राजनीति ~ नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १५६ जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नयाँ संक्रमण पुष्टि हुनेहरुमा दैलेखका आठ, कैलालीका दुई, दार्चुलाका एक, स्याङ्जाका तीन, […]

संसद्मा आज बजेट प्रस्तुत हुँदै

 अर्थ राजनीति ~ नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ । अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई सूचित गरिसकेको छ । दिउँसो ३ः४५ मा बैठक कक्षमा प्रवेश गरिसक्न पनि सचिवालयले आग्रह गरेको […]

संविधान संशोधन विधेयक आज संसदमा पेश हुदै

अर्थ राजनीति ~ सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गर्न लागिएको हो । बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो […]

बालुवाटारमा सर्वदलीय बैठक जारि

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ आह्वान गर्नुभएकाे सर्वदलीय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्नुभएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दिनुभएको थियाे । बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, डा. बावुराम भट्टाई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति रहेको […]

संक्रमित मंगलबार मात्र ९० जना थपिए; कुल संख्या ७७२ पुग्यो

 अर्थ राजनीति ~ पछिल्लो परीक्षणमा थप ९० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । हालसम्म कुल सङ्क्रमित सङ्ख्या ७७२ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो । बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, स्याङ्जा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन्। सुदुरपश्चिमको कैलालीमा १ जना […]

रौतहटमा मङ्गलबार २२ जनामा कोरोना संक्रमित थपिए; सम्पूर्ण भारतबाट आएका

अर्थ राजनीति ~ रौतहटमा मङ्गलबार फेरि २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । गौर नगरपालिकामा पहिलो पटक सात, देवाही गोनाही नगरपालिकामा तीन र राजदेवी नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ भने बाँकी सङ्क्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको […]