संक्रमित मंगलबार मात्र ९० जना थपिए; कुल संख्या ७७२ पुग्यो

Machchapuchchre

 अर्थ राजनीति ~ पछिल्लो परीक्षणमा थप ९० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । हालसम्म कुल सङ्क्रमित सङ्ख्या ७७२ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।

बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, स्याङ्जा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन्। सुदुरपश्चिमको कैलालीमा १ जना र अछाममा १ जनामा कोरोना पुष्टि भएको छ। सुर्खेतमा थप १२ जनामा कोरोना लागेकाे छ ।

सङ्क्रमित हुनेहरूमा महोत्तरीमा २ जना, जुम्ला स्थायी घर भई बारामा कार्यरत २ जना, बाराकै पचौटा नगरपालिकाका ३ जना, रौतहटका २२ जना, सिराहमा ५ जना, धनुषामा १ जना कोरोना सङ्क्रमित भएका छन्।

यसैगरी, ११ देखि १६ दिनमा  भर्ना भएका ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्र । यो सङ्ख्यासँगै नेपालमा १५५ निको भएका छन् ।

सङ्क्रमण भएकाे जिल्ला ४६ पुगेको छ भने अहिलेसम्म चार जनाकाे मृत्यु भएकाे छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्