यो हप्ता कोरोनाले नेपालमा किर्तिमान कायम गर्यो

Machchapuchchre

अर्थ राजनीति ~  नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा बिगत ४ महिनामा जम्मा संक्रमितको आधाभन्दा बढी हो । गत हप्ता स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार ७९, मंगलबार ९०, बुधबार ११४, बिहीबार १५६, शुक्रबार १७० र शनिबार १८९ जनामा कोरोना पुष्टि भएको थियो । बुधबारदेखि दैनिक संक्रमितको संख्या एक सयभन्दा बढी हुन थालेपछि एक हप्तामा मात्रै संक्रमित संख्या ८१७ पुगेको हो । नेपालमा पहिलो पटक जनवरी २३ मा चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि मार्च २३ मा फ्रान्सबाट आएकी युवतीमा कोरोना पुष्टि भएको थियो।

त्यसयता सरकारले लकडाउन गरेर संक्रमण फैलन नदिने गरि काम गरे पनि भारतबाट आउनेहरूलाई निगरानी तथा स्वास्थ्य सुरक्षाका आवश्यक प्रबन्ध गर्न नसक्दा संक्रमण फैलदै गएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्