आज लकडाउनको ६८औँ दिन, जन जीवन ठप्प, खुल्ने अत्तो पत्तो छैन..

Machchapuchchre

अर्थ राजनीति ~ गत चैत ११ गतेदेखि लागू भएको लकडाउन आज ६८ दिन पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन जेठ २० गतेसम्मका लागि तोकिएको छ । लामो समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर पनि लकडाउनको पालना भएको पाइएको छ । शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसाधन र मानिसहरुको आवागमन लग भग शुन्य देखिएको छ ।

उपत्यकाका मूख्य सडकहरुमा अत्यावश्यक सेवा र पासवाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । प्रहरीले सवारी साधनको जाँचलाई कडाई गरेको छ । अत्यावश्यक सेवा र पास नलिइ सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । त्यस्तै सडकमा मानिसहरुको आवागमन ठप्प जस्तै छ । उपत्यकाका भित्रि सडकहरुमा पनि लकडाउनको पालना भएको पाइएको छ । सबै पसलहरु बन्द छन भने मानिसहरुको आवागमन पनि न्यून छ । अत्यावश्यक खाद्य सामग्री र तरकारीका पसलहरु बिहान र बेलुका खुल्ने गरेका छन् । मानिसहरु सामाजिक दुरीलाई कायम गर्दै आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्ने गरेका छन् । शुक्रबार दिउसो सम्मको जानकारी अनुसार नेपालमा कुल १ हजार २ सय १२ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ । जसमध्ये २ सय ६ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ । यस्तै शुक्रबारसम्म कुल ६४ हजार १ सय ५४ जनाको पीसीआर परिक्षण भएको  छ । कुल ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन भने १ हजार जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्