सोमबार एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

अर्थ राजनीति ~ एक करोड हुन्डीसहित काठमाडौंमा तीन जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेको प्रहरी केन्द्रिय अनुसन्धान व्युरोले बताएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ‍‍‍२५ जनाको मृत्यु

अर्थ राजनीति ~ [पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको  छ । काठमाडौंका ९ जना, मोरङका ४ जना, चितवनका ३ जना, दाङका २ जना, भक्तपुर, ललितपुर, नवलपरासी पूर्व, धादिङ, सिन्धुली, मकवानपुर र बाँकेका १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  बताएको छ ।

सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको गए राति निधन

अर्थ राजनीति ~ प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको सोमबार राति  निधन भएको छ । केसीको पोखरास्थित घरमै निधन भएको पारिवारको सदस्यले जानकारी दिएका छन  । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका केसी पोखराका […]

५० हजार घुस लिएको आरोपमा सई सहित तिन जना पक्राउ

अर्थ राजनीति ~ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ घुस लिएको आरोपमा सप्तरीमा कार्यरत एकजना प्रहरी नायब निरीक्षक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरी चौकी तिलाठीमा कार्यरत सई सिकन्दरप्रसाद कानुलाई सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । सेवाग्राहीसँग लिएको उक्त रकम  सोही कार्यालयमा […]

हुम्लाका २८ विद्यालय बुधबारदेखि खोलिने

अर्थ राजनित्ति ~  सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आइतबार एक निणर्य गर्दै आगामी बुधबारदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ । उच्च हिमाली जिल्लासँगै मंसिर, पुष र माघ तीन महिना जाडो बढी हुने भएका कारण मंसिरमा शैक्षिक संस्था बन्द भएर फागुन महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुने भएका कारण आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले यही कात्तिक […]

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण

अर्थ राजनीति ~ डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुमा एक जना सुरक्षाकर्मी र २६ जना कैदीबन्दी बालबालिकाहरु रहेका छन् । बिहीबार बाल सुधार गृहमा रहेका ३७ बालक, दुई कर्मचारी र […]

आइतबार शितल निवासमा बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नियुक्त राजदूतहरुले गरे शपथ ग्रहण

अर्थ राजनीति ~ तीन जना नवनियुक्त राजदूतहरुले पद तथा गोपनियताको आइतबार शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । राजभण्डारी बेल्जियमका लागि, अधिकारी पाकिस्तानका लागि र खड्का जर्मनीका लागि नेपाली राजदूतमा नियुक्त भएका छन ।

नेपाली कांग्रेश पदाधिकारी बैठक आज देउसो एक बजे बस्दै

अर्थ राजनीति ~ कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने […]

उज्वल ठकुरीले सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त गरे

अर्थ राजनीति ~ नेपाली जन्मभूमिका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त गरेका छन । आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न पाउँदा एकदमै गर्व लगाएको बताए । फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी […]

कोरोना संक्रमणबाट ३८ जनाको मृत्य

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको छ । यस्तै झापाका ४ जना, कास्‍कीका ३ जना, ललितपुर, र रुपन्देहीका २/२ जना, सुनसरी, मोरङ, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित […]