सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको गए राति निधन

Machchapuchchre

अर्थ राजनीति ~ प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको सोमबार राति  निधन भएको छ । केसीको पोखरास्थित घरमै निधन भएको पारिवारको सदस्यले जानकारी दिएका छन  । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका केसी पोखराका पूर्व प्रधानपञ्च पनि हुन् । पहिलो संविधान सभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए । नेपालकै प्रतिष्ठित उद्योगीका रुपमा चिनिएका केसी नेपाली चाउचाउ उद्योगका पायोनियर पनि हुन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्