५० हजार घुस लिएको आरोपमा सई सहित तिन जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ घुस लिएको आरोपमा सप्तरीमा कार्यरत एकजना प्रहरी नायब निरीक्षक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरी चौकी तिलाठीमा कार्यरत सई सिकन्दरप्रसाद कानुलाई सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । सेवाग्राहीसँग लिएको उक्त रकम  सोही कार्यालयमा कार्यरत प्रहरी जवान रामईश्वर मण्डलमार्फत स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएको पाइएको प्रवक्ता अधिकारीले जानकारी दिए । प्रहरीको नियन्त्रणमा रहेको मोटरसाइकल फिर्ता दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएको उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्