डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण

Machchapuchchre

अर्थ राजनीति ~ डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुमा एक जना सुरक्षाकर्मी र २६ जना कैदीबन्दी बालबालिकाहरु रहेका छन् । बिहीबार बाल सुधार गृहमा रहेका ३७ बालक, दुई कर्मचारी र एक सुरक्षाकर्मीको स्वाव संकलन गरिएको थियो र २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितहरुलाई सामान्य रुघाखोकी लागेको बाल सुधार गृह प्रमुख सानुमाया लिम्वुले बताइन । अरु जटिल स्वास्थ्य समस्या नभएकोले कोरोना संक्रमितहरुले सिटामोल, डिकोल्ड खाँदैछन् भनेर सानुमाया लिम्वुले जानकारी दिइन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्