कैलालीमा २६ लाख भारतीय रुपियाँसहित तीनजना पक्राउ
धनगढी । कैलाली प्रहरीले २६ लाख भारतीय रुपियाँसहित तीनजना पक्राउ गरेको छ । भारतीय रुपियाँसहित पक्राउ परेका उनीहरूलाई आइतबार सरकारी वकील कार्यालय धनगढीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका ८ का एकेन्द्र भण्डारी, बर्दगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशी रहेको कैलाली प्रबक्ता डीएसपी दक्षकुमार […]
