विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

Machchapuchchre

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयले जनाएको छ ।

उनीहरु हङकङबाट नेपाल आएका थिए । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । उनीहरु नेपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।

ठूलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती गोरे समूहको गिरफ्तारीसँगै विमानस्थलमा तस्करको र्‍याकेट ध्वस्त भएको सरकारले दाबी गरेको थियो । तर, अझै समयसमयमा सुन बरामद हुँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्