सुरक्षा मुद्रणको जिम्मा फ्रान्सेली कम्पनीलाई यति होल्डिङ्स स्थानीय एजेन्ट

काठमाडौँ । सरकारले नेपालको ‘सुरक्षा मुद्रण प्रेस’ स्थापना गर्ने जिम्मा फ्रान्सेली कम्पनी ‘इम्प्रिमेरी नेसनले’ लाई दिने प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जी टु जी) प्रक्रियाअन्तर्गत फ्रान्सेली कम्पनीलाई दिनेबारे सैद्धान्तिक सहमति भएको छ । यो कम्पनीको स्थानीय एजेन्टका रूपमा नेपालको ‘यति होल्डिङ्स’ संलग्न छ । सत्तारूढ दलका नेताहरूसँग यति होल्डिङ्सका व्यक्तिहरूको उठबस र […]

मन्त्रिपरिषद्को निर्णय आएलगत्तै लेखा समितिले माग्यो नेपाल ट्रष्टसँग सम्झौताको पत्र

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल ट्रस्टको जग्गा प्रक्रिया पूरा नगरी यती समुह र त्यससँग जोडिएका नाफामुखी संस्थाहरुलाई भाडामा दिएको विषयमा छानबिन गर्ने भएको छ । छ बर्ष समय बाँकी हुँदै २५ वर्ष लिज अवधि थप गरिएको गोकर्ण फरेष्ट रिसोर्ट सम्झौता र दरबार मार्गको लिज सम्झौताको कागजात सात दिनभित्र समितिलाई बुझाउन नेपाल ट्रष्टको कार्यालयलाई निर्देशन […]

पर्यटन प्रर्वद्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण – मन्त्री प्रकाश ज्वाला

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पर्यटन प्रवद्र्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । सुर्खेतमा शुक्रबारदेखि शुरु होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ज्वालाले होटल र पर्यटन क्षेत्र परिपूरक रहेको बताए । मन्त्री ज्वालाले कर्णालीमा अथाह पर्यटकीय सम्पदा रहेको भन्दै पर्यटन प्रवद्र्धनमा सहयोग गर्न होटल […]

पेप्सी उत्पादन गर्ने बरुण वेभरेजविरुद्ध झण्डै ६५ करोड कर छलीको मुद्दा दायर

काठमाडौं । नेपालको पेप्सी उत्पादन गर्ने कम्पनीलाई कर छलीको मुद्धा लागेको छ । पेप्सी उत्पादन गर्ने बरुण वेभरेज कम्पनीलाई झण्डै ६५ करोड रुपैयाँ कर छली गरेको अभियोगसहित राजश्व अनुसन्धान विभागले बरुणविरुद्ध काठमाडौंमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले दायर गरेको अभियोगपत्रमा बरुणले ६४ करोड ९५ लाख रुपैयाँ कर छली गरेको आरोप लगाइएको छ। […]

बिओके प्रकरणपछि पूर्व सिइओ अजय श्रेष्ठ पहिलो पटक मिडियामा, के के भने ?

बैंक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत बिओके प्रकरणपछि पहिलो पटक मिडियामा आएका छन् । उनी नेपाल टेलिभिजन युज एचडिमा हरेक शनिबार राती ८:५०  बजे प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरो मार्फत पहिलोपटक नेपाली मिडियामा आएका हुन् । उनले उक्त कार्यक्रममा आफु पक्राउ पर्दादेखि अवका रणनीतिसम्मका कुराहरु खोलेका छन् । उनले अन्तर्वार्ताका क्रममा बिओकेले दिएको जाहेरी, […]

राष्ट्र बैंकको समीक्षा रिपोर्टमा बैंक ब्याजदर घट्दो

काठमाडौं । पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो । अघिल्लो वर्षको कात्तिकमा भने बैंकहरुको आधार दर १०.२१ प्रतिशत थियो । यसरी हेर्दा कात्तिकमा असोजको तुलना र अघिल्लो […]

फोर्ब्सको पर्यटकीय गन्तव्यका सूचीमा नेपाल पर्नुको असर

काठमाडौं । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले जारी गरेको आउँदो दशकका लागि विश्वका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पनि रहेको छ। विश्वभरका प्रसिद्ध प्रकाशनहरूको उत्कृष्ट गन्तव्यहरूमा नेपाल पर्नु कुनै नयाँ कुरा होइन। तर सरोकारवालाहरूले यस्ता गन्तव्य सूचीहरू प्रचारका लागि महत्त्वपूर्ण भए पनि पर्यटकहरू आइहाल्न ती काफी नहुने बताउँछन्। यस्ता सूचीहरूको उच्चतम फाइदा उठाउन पर्यटनका अन्य थुप्रै पक्षलाई […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल

काठमाडौं– व्यावसायिक रुपमा सञ्चालनको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व तयारीबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सरोकारवाला एयरलाइन्ससँग छलफल गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी कार्यदलले अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेको हो । अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विमानस्थल सञ्चालन पूर्व गर्नुपर्ने तयारी र अभ्यासलाई मध्यनजर गरी कार्यदलले […]

तामाकोसी अर्को बर्ष मात्रै सञ्चालनमा आउने १० वर्षमा पनि पूरा नहुने भयो आयोजना

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउन अझै कम्तीमा १५ महिना लाग्ने भएको छ । पटक–पटक अवधि थपेर आगामी असारसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको तामाकोसी उक्त समयमा कुनै हालतमा पूरा नहुने देखिएको छ । ठेकेदार कम्पनीहरू खासगरी टेक्सम्याकोले आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट)मा पेनस्टक पाइप जडान गर्न ढिलाइ गरिरहेकाले आयोजना सञ्चालनमा आउन अझै सवा वर्षभन्दा बढी समय […]

नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं । विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाह, सेवा र कृषि क्षेत्रको उल्लेखनीय योगदानका कारण उच्च आर्थिक वृद्धि हासिल भएको नेपालको आगामी वर्षको आर्थिक वृद्धि घट्दो विप्रेषण आप्रवाह, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप, अनियमित मनसुनका कारण […]