राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित ऋणीलाई दोस्रो चरणको राहत दिन अध्ययन शुरु: गभर्नर अधिकारी

अर्थ राजनति – नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले बीबीसी नेपालीसेवासँग कुरा गर्दै थप सहुलियतको प्याकेज ल्याउने संकेत गरेका छन् । संक्रमणबाट बँच्नु नै मुख्य प्राथामिकता रहेको यो अवधिमा विभिन्न व्यवसाय गरिरहेका मानिसहरुको बाध्यतालाई मध्यनजर गर्दै बैंकको ब्याज, किस्ता लगाएतका कुराहरुमा सहुलियत प्रदान गर्ने बताएका छन् । राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित उद्योगी […]

अमेरिका द्वारा डब्लुएचओ लाइ दिदै आएको आर्थिक सहयोग रोक्का: अघिल्लो बर्ष चार सय मिलियन डलर सहयोग

अर्थ राजनीति । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको काम निकै फितलो रहेको आरोप लगाउदै अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक सहयोग रोक्न निर्देशन दिएका छन् । कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै डब्लुएचओ असफल भएको ट्रम्पको आरोप छ । कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको गम्भीर आरोप […]

काभ्रेका दुई युवामा आरडीटी पोजिटिभ

अर्थ राजनीति – काभ्रेका दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सतर्कता बढाइएको छ । द्रुत परीक्षण (आरडीटी)  किटबाट स्वाब परीक्षण गर्दा संक्रमण देखिएपछि उनीहरुलाई धुलिखेल अस्पतालमा लगिएको छ । काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुमा कोरोना संक्रमण देखिएको हो । उनि हरु विदेश बाट फर्किएको भन्ने जानकारी आएको छ ।

राष्ट्र बैंक द्वारा वाणिज्य बैंकहरुलाई सरकारी खाताहरु अद्यावधिक गर्न ताकेता

अर्थ राजनीति – नेपाल राष्ट्र बैंकले संघिय सरकार, प्रदेश सरकार र स्थानिय तहका विभिन्न समूहका सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सरकारी कारोबार निर्देशिका, २०७६ बमोजिम उक्त सरकारी खाताहरुलाइ अद्यावधिक गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले यसअघि २०७६ पुष २७ गते नै सरकारी खाता अद्यावधिक गर्न परिपत्र गरेपनि […]

लकडाउन वैशाख १५ सम्म

अर्थ राजनीति  –  सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो । सीमानाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विश्वव्यापी महामारीको रुपमा […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन एकसाता लम्ब्याउने तयारी

अर्थ राजनीति । सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थप्न लागिएको बताइएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १० […]

भारतमा १९ दिन लकडाउन लम्ब्याइयो, नेपालमा कहिले सम्म ?

अर्थ राजनीति – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् । ‘अब ३ मईसम्म लकडाउन लम्ब्याइएको छ,’ उनले भने, ‘सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ ।’ आर्थिक दृष्टिले यो […]

कोरोना कहरः मृत्यु हुनेको संख्या करिब एक लाख २० हजार, संक्रमित १९ लाख २५ हजार नाघे

अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब एक लाख २० नजिक पुगेको छ ।  पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख १९ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १९ लाख २५ हजार नाघेको छ । सबैभन्दा बढी मृत्यु र संक्रमित […]

कोरोना निर्देशिका : कोभिड–१९ पोजेटिभ पुष्टि नभएसम्म अन्य अस्पताल पठाउन नपाउने

अर्थ राजनीति – कोभिड–१९ को महामारी देखाउदै केही निजी तथा सरकारी अस्पतालहरुले स्वास्थ्यमा सामान्य तथा गम्भीर समस्या देखापरेका बिरामीलाई लिन अस्वीकार गरेको भन्ने जनगुनाशो बढीरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तरिम निर्देशिका जारी गरेको छ ।  यस्तो प्रकृतिको  प्रवृतिलाइ रोक्नका लागि अन्तरिम निर्देशिका जारि गरिएको हो । जनस्वास्थ्य सेवा ऐन ०७५ को दफा ६४ को […]

काठमाडौँको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनजनामा कोरोना संक्रमणको आशंका

अर्थ राजनीति – काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङको पाँचौं तलामा बस्नेहरुलाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ। स्रोतका […]