काठमाडौँको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनजनामा कोरोना संक्रमणको आशंका

Machchapuchchre

अर्थ राजनीति – काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।

सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङको पाँचौं तलामा बस्नेहरुलाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।

उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ।

स्रोतका अनुसार उक्त परिवार करिब एक महिना अगाडी लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै सिलबन्दी गरेर प्रहरीले उच्च सतर्कता अप्‍नाएको छ।

अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ । प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्