दाङका ७ सय ४० उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

दाङ । दाङका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् । जिल्लामा स्थानीय तहका ७१०, प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ले उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । त्यसलाई व्यवस्थित र पारदर्शी […]

भारतीय अतिक्रमणबारे सरकारले सार्थक पहल नगर्दा कांग्रेसले आशंका गरेको हो – प्रवक्ता शर्मा

पोखरा । कांगेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा बनाएको भन्ने सभापति शेरबहादुर देउवाको आरोपलाई पार्टी र सभापतिको ‘आशंका’ मात्रै रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित चुनावी सभामा कांग्रेस सभापति देउवाले भारतले प्रधानमन्त्री ओलीसँग सल्लाहा गरेर कालापानी र लिपुलेक भारतमा समावेश गरेको नक्सा प्रकाशित गरेको आरोप लगाएका थिए ।। ‘ओलीको […]

देउवाले पोखरामा दिएकाे अभिव्यक्ति झुठो र अनैतिक भएको भन्दै प्रचण्डको आपत्ति

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा समस्याका विषयमा प्रधानमन्त्री ओलीलाई आरोप लगाउँदै पोखरामादिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । भरतपुर महानगरपालिका–१६ को चुनावी सभामा बोल्दै प्रचण्डले भने, ‘त्योभन्दा अनैतिक र झुठो अभिव्यक्ति केही हुनसक्दैन । त्यो विक्षिप्त नभएको सामान्य मान्छेले बोल्न सक्ने भाषा हैन […]

भोलिसम्म अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौँ । गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो। गृहमन्त्री […]

कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उपेन्द्र यादवले भने- ‘प्रधानमन्त्रीले बढी माया गर्नुभयो’

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सोमबार सिंहदबारमा पुगेर उनले कानुन मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले आफूलाई प्रधानमन्त्रीले अलि बढी नै माया गरेर कानुन मन्त्रालयमा पठाएको प्रतिक्रिया दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उनलाई स्वास्थ्य तथा जनसंख्या […]

हङकङमा प्रजातन्त्रवादीको ऐतिहासिक जीत, ४ सय ५२ मध्ये ३ सय ९४ सिटमा विजयी

काठमाडौं । हङकङको निर्वाचनमा प्रजातन्त्रवादी पक्षले चीन समर्थक सत्ता विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । प्रजातन्त्रवादी समूहले १८ जिल्ला परिषदका ४ सय ५२ सिटमध्ये ३ सय ९४ सिटमा विजय हासिल गरेको छ भने चीन निकट वर्तमान सत्ता समर्थक ५८ सिटमा खुम्चिएको छ । निर्वाचनले बिगत ६ महिनादेखि चीनको बढ्दो हस्तक्षेपबिरुद्ध चलेको आन्दोलनको मागलाई वैधानिकता […]

लात्ताले हानेर भाजपा उपाध्यक्षलाई जनताले यसरी झाडीमा फाले, भाइरल भिडियोसहित

काठमाडौं । भारतको पश्चिम बंगाल राज्यका भारतीय जनता पार्टी (भाजपा)का उपाध्यक्षलाई कुटपिट गरिएको छ। सोमबार पश्चिम बंगालको करिमनगरमा विधानसभाको उपनिर्वाचनका लागि मतदान भइरहेको थियो। चुनाव उठेका उपाध्यक्ष जोय प्रकाश मजुमदरलाई एक मतदान केन्द्रनजिकै कुटपिट भएको हो। उनलाई क्षेत्रीय दल तृणमूल कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको बताइएको छ। मतदान भइरहेको ठाउँमा प्रवेश गर्न खोजेपछि टिएमसीका कार्यकर्ताले ‘फर्केर […]

बलात्कार प्रयासको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ

काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन् । अस्पतालमा उपचार गर्न आएकी एक (बिरामी) महिलामाथि जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको अभियोगमा प्रहरीले जनरल फिजिसियन झालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकबहादुर राईले झालाई पक्राउ गरिएको पुष्टि गरे । एसएसपी राईका अनुसार एक महिलाले उपचारका […]

त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपाने विद्यार्थीबाट कुटिए

काठमाडौं । त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन्। सोमबार बिहान कलेज परिसरमा विद्यार्थीले उनको रामधुलाई गरेका हुन्। विद्यार्थीले विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै प्रमुख न्यौपानेलाई कुटेका हुन्। प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। प्रहरीले दुई जनालाई पक्राउ गरी थप […]

प्रधानमन्त्री ओलीमाथि बाबुराम भट्टराईले लगाए यस्तो गम्भीर आरोप

काठमाडौं । देशभर भारतीय अतिक्रमणबिरुद्ध विरोध प्रदर्शन भइरहेका बेला समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमाथि एउटा गम्भीर आरोप लगाएका छन् । भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका हुन । बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनको दाबी […]