ग्लोबल आइएमई बैंक लिमिटेडले ल्यायो जन्मभूमि घर कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ‘ग्लोबल आइएमई जन्मभूमि घर कर्जा’ योजना ल्याएको छ । यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आवश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइनेछ । न्यूनतम ब्याजदरमा सुलभ र सहज रुपमा पाप्त […]

सकियो प्रधानमन्त्री ओलीको एपेन्डिक्सको अपरेशन, कस्तो छ स्वास्थ अवस्था ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) पूरा भएको छ । मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिक्समा संक्रमण (एपेन्डिसाइटिस) भएको देखिएपछि अपरेशन शुरु गरिएको थियो । एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) सकिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट क्याभिनमा सारिएको छ । प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर […]

सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त सुरक्षा गस्ती

बर्दिबास । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले […]

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं- स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल गएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  जानकारी दिए । ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर जानुभएको छ । उहाँ बिहान अस्पताल जानुभएको हो ।’ थापाले […]

उपनिर्वाचनलाई लघु जनमत संग्रहका रुपमा बुझौं : अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचनलाई लघु जनमत संग्रहका रुपमा लिनुपर्ने बताएका छन् । कांग्रेस पोखरा महानगरपालिका–९ वडा कमिटिले सोमबार साँझ गरेको भेलालाई सम्बोधन गर्दै नेता केसीले लोकतन्त्र र एकदलीय शासन मध्ये कुन रोज्ने भन्ने कुराको लघु जनमत संग्रह उपनिर्वाचन भएको बताएका हुन । उनले बर्तमान सरकार […]

सरकारद्वारा २० सह–सचिवको दरबन्दी थप, १९ पहाडी जिल्लामा एसपी खटाइने

काठमाडौं । सरकारले २० जना सह–सचिवको दरबन्दी थप गरेको छ । मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप भएको हो । सामान्य प्रशासन मन्त्रालयमार्फत पेश भएको प्रस्ताव स्वीकृत भएसँगै १९ पहाडी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सह–सचिव रहनेछन् भने निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सह–सचिवको नेतृत्व रहनेछ । गृह […]

काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । उनले आ–आफ्ना मन्त्रालयमा भएका ठेक्काको स्थिति १५ दिनभित्र बुझाउन पनि मन्त्रीहरूलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको चौमासिक समीक्षा बैठकलाई  सम्बोधन गर्दै ओलीले गुणस्तरीय काम समयमा हुन नसक्नुको कारण खोज्न र काम गर्न नसक्ने ठेकेदारको जमानत […]

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सर्जेइ ल्याभ्रोभसँग भेटवार्ता गरेका छन् । रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले दुई पक्षीय हितका विषयमा छलफल गरेका हुन् । भेटमा उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रमा आपसी सहयोगका विषयमा महत्वपूर्ण धारणाहरु आदानप्रदान भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘धेरै […]

समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति – डा बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टीका सङ्घीय परिषद् डा बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको दावी गरेका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा उनले यस्तो बताएका हुन् । सोमबार पोखरा महानगरपालिकाको वडा नं १५ र १७ मा घरदैलो गर्दै उनले देशमा पुराना पार्टीले पटकपटक जितेर पनि उही […]

उर्जामन्त्री पुन र चीनको युनान प्रान्तका गर्भनरबीच भेटवार्ता

काठमाडौँ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गर्भनर रुएन चेङगफाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको थियो । मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी जिनपिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत […]