कृषि विकास बैंकले होमस्टे एशोसियसनमा आवद्ध एक हजार सञ्चालकलाई कर्जा दिने

काठमाडौं । कृषि विकास बैंकले होमस्टे (घरवास) एशोसियसन नेपालमा आवद्ध रहेका करिब एक हजार होमस्टे सञ्चालकलाई परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा दिने भएको छ । बुधबार कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपालबीच वित्तीय तथा सामाजिक र सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै होमस्टे सञ्चालकहरूले उक्त सेवा सुविधा पाउने भएका हुन् । […]

प्रभु बैंकको २०१औं शाखा सर्लाहीको मलंगवामा विस्तार

काठमाडौं । प्रभु बैंकले सर्लाहीको मलंगवामा आफ्नो २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेका हुन् । कार्यक्रममा निरसल साहले बैंकिङ्ग सेवा विस्तार अभियानबाट देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् । बैंकको मलंगवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, […]

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सभापति देउवा प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि विहीवार विहान सवा १० बजे बालुवाटार पुगेका थिए । छलफल एक घन्टा चलेको थियो । छलफलमा प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ सहभागी थिए भने देउवासँगै नेपाली […]

क्रान्तिकारी पत्रकार सङ्गठनको बैठक सम्पन्न, संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने निर्णय

काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । सोमबारदेखि बुधबारसम्म काठमाडौंमा बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा शसक्त आवाज उठाउने, सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराए नगराएबारे मिडिया हाउसहरुमा अनुगमन गर्ने, श्रमजीवी पत्रकारहरुका हकहितको बिषयमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने, साथै देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान […]

कामना सेवा विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, लिगल असिस्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी १ भित्र कार्यालय समयमा नै आवेदन दिइसक्नुपर्ने समेत बैंकले जानकारी […]

सीमा अतिक्रमणको विरोध गर्दा विद्यार्थी गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीद्वारा आपत्ति

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले सीमा अतिक्रमणको विरोध गर्दा विद्यार्थीलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले एक विज्ञप्ति जारी गरेर सीमा अतिक्रमणविरुद्ध गरिएको प्रदर्शनबाट विद्यार्थीलाई गिरफ्तार गरेर मुद्दा लगाएको भन्दै आपत्ति जनाएका छन् । मंसिर ३० गते सीमा अतिक्रमणविरुद्ध काठमाडौँको ढल्कुकोमा अयोजित विरोध […]

आठबीसकोटका प्रमुख प्रशासकीय अधिकृत कुटिए, वडाध्यक्ष पक्राउ

रुकुम । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्द बुधबार साँझ कुटिएका छन् । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ । कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गरेका केसी र चन्द बुधबार बेलुका ६ बजेतिर आठबीसकोट नगरपालिका–९, राडीज्युलामा […]

राष्ट्रिष्य सभाको निर्वाचन माघ ९ गते, पुस २० गते उम्मेदवारी दर्ता, यस्तो छ तालिका

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । कुल ५९ जना राष्ट्रियसभाका सदस्यको एक तिहाई अर्थात १९ सदस्यको निर्वाचन हुन लागेको हो । जसमा १८ निर्वाचित हुनेछन् भने एकजना सरकारको सिफासिरमा राष्ट्रपतिले मनोनयन गर्नेछन् । निर्वाचन आयोगले बुधबार राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्यसको लागि आवश्यक प्रक्रिया अगाडि […]

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको छ । ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समयअनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ […]

सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील- मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिको अधिकतम उपयोगबाट देशलाई विकासको मार्गमा अघि बढाउन सकिने बताएका छन् । उनले राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ भेलामा सरकारका प्रवक्ता बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि […]