सीमा अतिक्रमणको विरोध गर्दा विद्यार्थी गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीद्वारा आपत्ति

Machchapuchchre

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले सीमा अतिक्रमणको विरोध गर्दा विद्यार्थीलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले एक विज्ञप्ति जारी गरेर सीमा अतिक्रमणविरुद्ध गरिएको प्रदर्शनबाट विद्यार्थीलाई गिरफ्तार गरेर मुद्दा लगाएको भन्दै आपत्ति जनाएका छन् ।

मंसिर ३० गते सीमा अतिक्रमणविरुद्ध काठमाडौँको ढल्कुकोमा अयोजित विरोध र्यालीबाट विद्यार्थी बबिता सार्की र दिनेश नेपालीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै अध्यक्ष विष्टले घोर आपत्ति जनाएका छन् । उनले सीमा रक्षाको लागि आवाज उठाउनेलाई गिरफ्तार नगर्न सर्वोच्च अदालतले दिएको आदेशलाई कुल्चदै सरकारले विद्यार्थीलाई गिरफ्तार गरेको बताएका छन् ।

विज्ञप्तिमा विष्टले सीमा रक्षाको लागि आवाज उठाउनेहरुलाई गिरफ्तार, धरपकड गरेर सरकारले भारतको सेवा गरिरहेको आरोप समेत लगाएका छन् । “दुईतिहाईको ढ्वाङ्ग पिट्ने केपी ओली नेतृत्वको सरकार होली वाइनको मातमा सीमा रक्षाको लागि अवाज उठाउनेहरुविरुद्ध साम्राज्यवादको असली पाले बनेर निरन्तरत दमन गरिरेको छ । यसै सन्दर्भमा मंसिर ३० गते सीमा अतिक्रमणविरु काठमाडौंको ढल्कुमा आयोजित विरोध र्यालीबाट विद्यार्थीहरु बबिता सार्की र दिनेश नेपालीलाई गिरफ्तार गरेको छ । उक्त गिरफ्तारप्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

उनले सीमा रक्षाको लागि अवाज उठाउनेहरुलाई गिरफ्तार नगर्न सर्वोच्चको अदालतले दिएको आदेशको समेत सरकारले उलंघन गरेको भन्दै गिरफ्तार विद्यार्थीलाई रिहा गर्न माग समेत गरेका छन् । भारतीय अतिक्रमणबिरुद्ध नेकपा र क्रान्तिकारीले बिरोध कार्यक्रमहरु गर्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्