प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के-के भयो कुराकानी ?

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सभापति देउवा प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि विहीवार विहान सवा १० बजे बालुवाटार पुगेका थिए । छलफल एक घन्टा चलेको थियो । छलफलमा प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ सहभागी थिए भने देउवासँगै नेपाली कांग्रेसका नेता रमेश लेखक बालुवाटार पुगेका थिए ।

भेटवार्तामा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे देउवाले चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा उल्लेख सुधार आइरहेको जानकारी दिएको भेटमा सहभागी कांग्रेस नेता लेखकले जानकारी दिए । भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग, संवैधानिक परिषद्, संसद अधिवेशन लगायतका विषयमा कुराकानी भएको नेता लेखकले जानकारी दिए । सरकारले संवैधानिक परिषद्को संख्या घटाउने गरि अध्यादेश ल्याउन खोजेको भन्दै देउवाले आपत्ति जनाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्