अर्थ राजनीति ~ गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको देखिन्छ । बिहिबार सुनचाँदीको मुल्य पुन घटेको हो। बुधबार प्रतितोला ८९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर ८९ हजार २०० रुपैंयामा कारोबार हुदै गरेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ८८ हजार ७५० रुपैंयामा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा ५ रुपैंयाले घटेको पनि महासंघले बताएको छ । हिजो १३४० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १३३५ रुपैंया कायम रहेको हो ।
आज फेरी ओरालो लाग्यो सुनको मूल्य
