कर्मचारीलाई निर्देशन दिदै मन्त्री अर्यालले भनिन् – मुन्द्रेसँग नडराउनुस्, ‘गैँडा’मा नलोभिनुस् !

Machchapuchchre

कास्की । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी र मालपोतका कर्मचारीलाई मुन्द्रेहरूसँग नडराउन र अनावश्यक प्रलोभनमा नपर्न निर्देशन दिएकी छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार पोखरामा गरेको ‘आर्थिक वर्ष २०७५/७६ को वार्षीक प्रगति समीक्षा गोष्ठी’मा अर्यालले प्रलोभनमा नपरी जिम्मेवारी अनुसार काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी हुन्।

‘ठूलाठूला मुन्द्रा लाउनेसँग नडराउनुस्। गैँडा (रुपैयाँ)मा नलोभिनुस्। इमानदार भएर सेवामा समर्पित हुनुस्’, अर्यालले भनिन्, ‘जो पवित्र हुनुहुन्छ, डराउनु पर्दैन। कार्यालयमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन। गल्ती गरेको प्रमाण फेला परेपछि के गर्नू त!’

मन्त्री अर्यालले ‘मालपोत र नापीका कर्मचारी सुध्रिएछन् भन्ने देखिने गरी काम गर्न’ कर्मचारीलाईआग्रह गरिन्। उनले कर्मचारीहरूले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्ने बताइन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्