सरकारले सपना बाँड्ने तर काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गर्यो – अर्जुन नरसिंह केसी

Machchapuchchre

काठमाडौं । कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकारले सपना बाँड्ने तर काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । नेता केसीले सरकारले भ्रष्टाचारलाई पनि बढ्वा दिएको बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आग्रह पूर्वाग्रहलाई प्रोत्साहन दिएकाले ३३ केजी सुन काण्ड, वाइडबडीमा अनियमितता, एनसेल काण्ड, नेपाल टेलिकमको फोरजीमा भएको अनियमितता तथा वालुवाटार जग्गा काण्डका दोषीलाई कारबाही गर्न नसकेको बताए । उनले सरकार आफु कमजोर भई काम गर्न नसकेको दोष कर्मचारी प्रशासनलाई लगाएको आरोप समेत लगाए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालले भारतसँग सीमा विवादको विषयलाई स्पस्टसँग राख्न नसकेको बताए । उनले आवश्यक परे नेपाल सीमा विवादको मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा पनि जान पछि पर्न नहुने धारणा राखे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्