चिनियाँ राजदूत यान्छीले श्रम मन्त्री यादवलाई रक्सी उपहार दिएको फोटो भाइरल

Machchapuchchre

काठमाडौं । नव नियुक्तम श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई उपहार दिएपछि चिनियाँ राजदूत होउ यान्छीको आलोचना भएको छ । सिंहदरबारस्थित श्रम मन्त्रालय पुगेर चिनियाँ राजदूत यान्छीले मन्त्री यादवलाई उपहार दिएको भन्दै सामाजिक सञ्जालमा बहस भएको हो ।

सामाजिक सञ्जालमा उपहार लिएको भन्दै मन्त्रीको आलोचना भएको छ । केहीले भने आफ्नो प्रभाव विस्तारका लागि चिनियाँ राजदूतले यसरी उपहार दिएको भन्दै आलोचना गरेका छन् । उपहारको झोलामा मदिरा रहेको फोटोमा देख्न सकिन्छ । यसरी राजदूतले उपहार बाँड्दै हिँड्नु कुटनीतिक मर्यादा विपरित भएको कतिपयको भनाइ छ ।

यो खबर बाहिर आएपछि उता सत्तारुढ नेकपाभित्र खैलाबैला मच्चिएको छ । पार्टीभित्रका नेता कार्यकर्ताहरुले समेत यादवको आलोचना गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्