पार्टीभित्र बसेर चुनाव हराउन भूमिका खेल्नेलाई कारबाही गर्छु – देउवा

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र बसेर चुनाव हराउन भूमिका खेल्नेलाई कारबाही गर्ने बताएका छन्। मंसिर १४ मा भएको उपनिर्वाचनबारे समीक्षा गर्न मंसिर २६ गते केन्द्रीय समिति बैठक डाकिएको उल्लेख गर्दै देउवाले अन्तरघात निर्मूल पार्ने बताए।

कांग्रेस रूपन्देही सिद्धार्थनगर समितिको दोस्रो नगर भेला उद्घाटन गर्दै शनिबार देउवाले भने, ‘पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, विद्रोही उम्मेदवार बन्ने र त्यसका प्रस्तावक, समर्थकलाई कारबाही गर्छु।’

पार्टीभित्र हुने अन्तरघातलाई हटाउन पनि त्यस्ता कार्यकर्तालाई कारबाही गर्नु आवश्यक रहेको उनले बताए। ‘अन्तरघातको खेल डरलाग्दो हो,’ उनले भने, ‘यस्तो प्रवृत्तिले भविष्यमा दु:ख दिन्छ। अहिले कारबाही गरेर जानुपर्छ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्