जग्गा किन्ने बहानामा चन्द्रकुमार योञ्जनको लुटपाटपछि हत्या गर्ने ३ जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको गत हप्ता जग्गा हेर्ने  बहानामा आएका अज्ञात व्यक्तिहरुले लुटपाट गरि हत्या गरेका थिए ।  प्रहरीले लुटपाट गरि हत्या गर्ने  तीन जनालाई प्रकाउ गरेका  छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ  । कामी शेर्पा मुख्य योजनाकार भएको महाशाखाका अनुसन्धान अधिकारीहरुले जानकारी दिए  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्