उद्योग विभागले ट्रेडमार्क विवरण अद्यावधिक सार्वजनिक गर्‍यो

Machchapuchchre

अर्थ राजनीति ~ उद्योग विभागले विभिन्न कम्पनीहरुको ट्रेडमार्कको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । विभागले ट्रेडमार्क दर्ताका लागि प्राप्त भएका आवेदनमध्येबाट अद्यवधिक विवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरेको  ट्रेडमार्क चिन्हमा कसैको दाबी-विरोध भए विभागमा उजुरी गर्न सकिने छ। विभागले यसका लागि ९० दिनको म्याद दिएको छ । विभागमा दर्ता भएका डिजाइनहरुका बारेमा पनि ३५ दिनभित्र उजुरी दिन मिल्छ। विभागले १ सय ६७ पृष्ठ लामो विवरण सार्वजनिक गरेको हो । विभागमा ९ सय ५६ वटा कम्पनीको ट्रेडमार्क दर्ता छन् । विभागका अनुसार, फेसबुक, प्राइम अमेजन, एप्पल लगायतका ट्रेडमार्कहरु दर्ता छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्