आइएमईले कोभिडबाट विदेशमा मृत्यु भएका आफन्तलाई राहत दिन गर्यो भरोसा कोषको स्थापना

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसको महामारीबाट विदेशमा निधन भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले आइएमईले भरोसा कोष खडा गरेको  छ । सन् २०२० को जनवरीदेखि अक्टोबर १६ सम्म कोभिडका कारण विदेशमा मृत्यु भएका नेपालीका इच्छुक आफन्तले आवश्यक विवरणसहित आइएमई समूहको केन्द्रीय कार्यालय पानी पोखरी र प्रादेशिक कार्यालयमा कात्तिक मसान्तसम्म आवेदन दिनुपर्नेछ। कम्पनीका अनुसार रीतपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । यस सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुने विज्ञप्तिमा उल्लेख गरिएको  छ ।आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेबसाइटहरू मार्फत आह्वानपत्र जारी गरेको छ। यो इस्किमले केहि भए पनियो राहत मिल्ने भएको छ । नेपालीहरुको महान चाड दशैँलाई लक्षित् गरि यो इस्किम ल्याइएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्