बलात्कार नियन्त्रण गर्न सरकारले कदम चालिरहेको गृहमन्त्रीको भनाइ

Machchapuchchre

अर्थ राजनिती  ~ गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कार  घटना बढे पनि विश्वका अरु देशको तुलनामा हेर्ने हो भने  नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । उनले विश्वका अरु देशको अवस्था हेर्दा नेपालमा बलात्कारका घटना धेरै पछाडि रहेको उनले जानकारी दिए  । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६/७ जना बलात्कारको घटना हुने गरेको उनले बताए  । बलत्कारको  घटना न्यूनीकरण गर्न सरकारले कदम चलिरहेको उनले बताए । अमेरिकालगायतका विकसित मुलुकको अवस्था हेर्दा नेपालको भन्दा  खराब रहेको थापाले जानकारी दिनु भयो  । नेपालले आफ्नो स्थितिलाई बदल्न जरुरी छ भन्नेमा सरकार प्रष्ट रहेको मन्त्री थापाले बताए । सारकारले आफ्नो तर्फबाट  सक्दो प्रयास गरिरहेको उनले जानकारी दिए  साथै गृहमन्त्री बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार  पछि हत्या गर्ने दोषीलाइ  कानूनी कठघरामा ल्याउन हामी निरन्तर रुपमा लागिराखेकै छौं भनेर बताउनु भयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्