भारतमा बलि दिन लागिएको दुइ महिलाको उद्दार

Machchapuchchre

अर्थ राजनिती ~ सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई बलि दिन भारत लैजाने क्रममा प्रहरीले उद्धार गरेको छ । उद्धार गरेको दुइवटै महिला चौधरी रहेको र उनीहरु एकदमै सोझी रहेको  प्रहरीले जानकारी दिएको छ ।बलि दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले दुवै युवकलाई नियन्त्रणमा लिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्