बामदेव गौतम बिरुद्द परेको मुद्दाको सुनुवाई शुक्रबारसम्मलाई लम्बाईयो

Machchapuchchre

अर्थ राजनिती ~ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय भए पछि दिनेश त्रिपाठी र बद्रिराज भट्टले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । उनीहरुले बामदेव बिरुद्द हालेको मुद्दा सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ । नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा मुद्दा  दायर गरेका थिए । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको जानकारी दिएका छन  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्