सरकारलाई विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको दबाव

Machchapuchchre

अर्थ राजनिती ~ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरु समेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो । कोरोना रोकथामको लागि सरकारले प्रभावकारी कदम नचालेको र देशमा भ्रष्टाचार बढ्दै गएको भन्ने बिषयमा छलफल गर्ने अधिबेसन बोलाइएको हो । पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका विषयमा समेत छलफल हुने भएको छ । बैठकमा कोभिड १९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा  भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त रुपमा  आवाज उठाउनका लागि र सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने निर्णय भएको हो । भ्रष्टाचार मौलौदै जादा पनि सरकार मौन बसिरहेको छ र बेरोजगारीलाइ रोजगार दिन नसकेको भनेर कांग्रेशको भनाइ छ । कांग्रेसले सरकारविरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा छल फल भएको जानकारी दिए साथै  कांग्रेसले सामाजिक दुरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्